दमक, ३० भदौ । साहित्य कला सङ्गम दमकले बाल निबन्ध सङ्ग्रह लोकार्पण गरेको छ । साहित्य कला सङ्गम दमकको आयोजनामा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि बाल साहित्यकार अन्बेषा चापागाई लगायतका अतिथिहरुले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए । साहित्यकार धनन्जय बास्कोटाले निबन्ध सङ्ग्रह माथि समिक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकारहरु हेम अधिकारी, खेमलाल पोख्रेल,भुमी प्रसाद दाहाल,धनकुटे कान्छा र मंगलमय माविका प्रअ मोहन कुमार बगालेले शुभकामना दिएका थिए। कार्यक्रममा साहित्यकारहरु बिबस बलिभद्र कोईराला,पुष्प आर्जे, रुद्र प्रभात,टंक पाठक,शिशिर भट्टराई,कृष्ण उदासी ,दिनेश मण्डु लगायतले रचना वाचन गरेका थिए ।साथै कार्यक्रममा साहित्यकारहरु नरपति पाण्डे, ओमप्रसाद खनाल ,विरेन्द्र खडका,ओमप्रकाश गौतम, कमल भट्टराई, रधुनाथ भण्डारी,लता मिश्र,अम्बिका सापकोटा,पुस्ता राई लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा प्रकाशित निबन्धहरुलाई उत्कृष्टताको आधारमा पुरस्कृत गरिएको थियो । पुरस्कार पाउनेहरुमा पेक्षा दुलाल प्रथम ,द्वितीय अनिश न्यौपाने,तृतिय लुना न्यौपाने र सान्तवना आशुतोष कडेल,,सचिना पोखरेल र सुनिल राया रहेका छन् ।बिजेताहरुलाई प्रमाणपत्र, मायाको चिनोसहित प्रथम, द्वितीय, तृतिय र सान्तवनाहुनेलाई क्रमशः रु तीन हजार,दुई हजार ,एक हजार र पाँच सयका दरले पुरस्कृत गरिएको थियो ।सङ्गमका उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले स्वागत गरेको उक्त कार्यक्रम सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन सङ्गमका महासचिव दीपक सुवेदीले गरेका थिए ।