अन्तरबिद्यालय लोक नृत्य प्रतियोगिताको सर्वोदयलाई

दमक,१५ भदौ । दमकमा पहिलोपटक अन्तर बिद्यालय आयोजित लोक नृत्य प्रतियोगिताको उपाधि सर्बोदय बोर्डिङ स्कुलले जितेको छ ।नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा दमक- ५ स्थित सर्बोदय प्रथम बन्न सफल भएको हो ।
उपाधिसंगै सर्वोदयले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ भने इन्स्पायर बोर्डिङ स्कुल दोस्रो र सनराइज मोडल बोर्डिङ स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा प्रजिता बोर्डिङ स्कुल र शिखर ज्योति स्कूलले सान्तवना पुरस्कार जितेका छ्न । प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार , दोस्रो हुनेले नगद ३० हजार, तेस्रो हुनेले नगद २० हजार तथा सान्तवना हुनेले १०,१० हजार रुपैया पुरस्कार हात पारे ।
प्रतियोगितामा सहभागिताका लागि यसअघि नगरपालिकाले गरेको पत्राचारका आधारमा ४८ बिद्यालयले आवेदन गरेकामा ११ बिद्यालय अन्तिम प्रतिस्पर्धामा रहेका नगरपालिकाका शिक्षा अधिकृत प्रबिण खडकाले जानकारी दिए । प्रतियोगिताको दमक नगर प्रमुख रामकुमार थापाले उदघाटन गर्दै नगरका सामुदायिक र सस्थागत तथा निजी बिद्यालयहरुलाई संगसंगै अघि बढाउन चाहेको उल्लेख गरे । प्रतियोगितामा विभिन्न जातजातिको मौलिकता झल्किने लोक गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा प्रदेश सभा सदस्यद्वय होम थापा , नम्बरलाल धिमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.