झापामा डेंगी संक्रमणबाट ४ को मृत्यु, संक्रमितको संख्या १ हजार ७७३ पुग्यो

झापा,१६ भदौं । झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगीका विरामीहरु थपिदै गएका छन् भने साउन महिनायता चार जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार भदौ १५ सम्म जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ७७३ पुगेको छ । ५ हजार १८२ जनालाई परीक्षण गर्दा त्यति जनालाई डेंगी संक्रमण पुष्टि भएको हो ।

जिल्लामा ८२ जना डेंगी संक्रमितहरु अस्पतालमा उपचाररत रहेका छन् । जम्मा १२५ जना भर्ना भएकोमा ७३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.