जीवनचक्र समाजको निर्वाचित समितिको पद तथा गोपनियताको सपथग्रहण

दमक,१३ भदौ । जीवन चक्र समाजको नवनिर्वाचित समितिको पद तथा गोपनियताको सपथग्रहण गराईएको छ ।दमकमा आज निर्वाचन समितिले एक कार्यक्रम गरि संस्थाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद गौतमसहितका ११ सदस्यीय कार्यसमितिलाई पद तथा गोपनियताको सपथग्रहण गरिएको हो । निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक बिष्णु सुब्बाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
गत भदौ ४ गते संस्थाको पाँचौ बार्षिक साधारणसभाले पुनः तेश्रो कार्यकालका लागि गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन सम्पन्न गर्न सुब्बाको संयोजकत्वमा पारष आचार्य र अनिलदेव राई रहेको निर्वाचन मण्डली गठन गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि सुब्बा,संस्थाका अध्यक्ष गौतम, सदस्य डा.लेखनाथ न्यौपाने , सदस्य डिल्लीप्रसाद अधिकारी लगायतले संस्थाको विषयमा बोलेका थिए ।
सोहि अवसरमा बसेको संस्थाको बैठकले सदस्यमा सुरेन्द्र श्रेष्ठलाई मनोनयन गर्नुका साथै सदस्य सिद्धार्थ दाहालको संयोजकत्वमा स्वास्थ्य र सदस्य डिल्ली प्रसाद अधिकारीको संयोजकत्वमा कार्यक्रम समन्वय उपसमिति गठन गरिएको सचिव गणेश प्रधानले बताए ।
उक्त संस्थाले स्थानीय स्तरमा सडक दुर्घटना रोकथाम तथा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिआएको छ । संस्थाका उपाध्यक्ष बेनु प्रसाईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.