दमक, ४ भदौ । कवि तथा साहित्यकार गोपाल दाहालद्धारा लिखीत ‘दोभान ’ नामक कविता संग्रह लोकार्पण भएको छ । साहित्य कला सङ्गमको आयोजनामा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि कवि लक्ष्मीप्रसाद निरौला लगायतका श्रष्टाहरुले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए ।
उक्त कृति माथि दमकका साहित्यकार शिव प्रणतले समिक्षात्मक टिप्पणी गरेका थिए भने कार्यक्रममा पूर्व प्रदेश सांसद अर्जुन राई, प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना,साहित्यकार यज्ञ परिश्रमी,दिलिप घिमिरे,दुर्गाप्रसाद सिग्देल,खेमलाल पोखरेल ,उमानाथ भट्टराईले शुभकामना दिएका थिए ।
सोहि कार्यक्रममा श्रष्टाहरु हरि पराजुली,नदी भट्टराई,अम्विका सापकोटा, प्रतिभा क्षेत्री , मोहन शर्मा , तारा फुयल, रेवतीप्रसाद धिमीरे लगायतले कविता वाचन गरेका थिए ।कार्यक्रममा साहितयकारहरु एनवि दाहाल,भगवती ढुङ्गेल,जीवन गुरुङ,ओमप्रसाद खनाल,तेजेन्द्र घिमिरे, एलपी जोशी,ओमप्रकाश गौतम, हिमाल गुरास,पुण्य ढकाल,उपेन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा कवि बिन्दु दहाल मुकदर्शकले स्वागत गरेको थिए भने सञ्चालन सङ्गमका सचिव विवश बलिभद्र कोईरालाले गरेका थिए । कार्यक्रममा झापा,मोरङ र सीमापारीका गरि एक सय भन्दा बढि साहित्यकारहरुको उपस्थिति रहेको थियो ।