दमकमा ७ जना जुवाडे पक्राउ

दमक,२१ असार । झापाको दमकमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले दमक नगरपालिका–४ स्थित पारिजात टोलका शेरबहादुर राईको घरमा कौडा खेलिरहेको अवस्थामा राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार रुपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.