दमक,१५ जेठ । साहित्यकार दुर्गा काफ्लेले चाँदनी उपन्यास बजारमा ल्याएकी छन् । गोर्खा डिपार्टमेन्टको सभा हलमा आज सोमबार एक कार्यक्रम गरि श्रष्टा काफ्लेद्धारा लिखीत उक्त उपन्यासको लोकापर्ण गर्नुका साथै उनका अरु दुई उपन्यास मनको बिचलन र प्रेम सरोबरको परिचर्चा समेत गरिएको थियो ।
कार्यक्रममा सहित्यकार शिव रेग्मी (प्रणत ) ले ‘मनको बिचलन’, धन्नजय बाँस्कोटाले ‘ प्रेम सरोबर’ , मिश्र बैजन्तीले ‘चाँदनी उपन्यास’को परिचर्चा गरेका थिए ।साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्य र प्रा.डा. बद्रिबिलास पोख्रेलको विशिष्ट आतिथ्यमा रहेको थियो । त्यस्तै, कार्यक्रममा दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओली , पूर्व उपप्रमुख गीता अधिकारी लगायत साहित्यकारहरु बम देवान , राधा पाण्डे ,यज्ञ परिश्रमी,भरत गुरागाई,हेमनाथ अधिकारी,के.पि.ढकाल यादव अधिकारी झाक्रिखोले, ,विवश बलिभद्र कोईराला,ओमप्रसाद खनाल, हरि पराजुली,गोपालप्रसाद दहाल, विरेन्द्र खडका,कमल प्र.भट्टराई,,डा.लेखनाथ न्यापाने,ओमप्रकाश गौतम ,मेघनाथ बन्धु, धनकुटे कान्छा ,भवानी दाहाल ,कमल दाहाल, अम्विका प्रसाद सापकोटा,टंक पाठक लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा दर्जन बढी श्रष्टाहरुले कविता वाचन गर्नुका साथै लोपोन्मुख झाँगण नृत्य प्रस्तुत गरिएको थियो । संस्थाका महासचिव दीपक सुवेदीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव बिवश बलिभद्र कोईरालाले गरेका थिए ।