विर्तामोड ,१५ जेठ । प्रेस सेन्टर झापाले सोमबार यहाँ रक्तदान कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ ।विर्तामोडमा भएको कार्यक्रममा पत्रकारसहित सर्वसाधारणहरु गरि २२ जनाले रक्तदान गरेका छन् ।
सेन्टरका झापा अध्यक्ष राजु पाठकका अनुसार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो ।रक्तदान गर्नेहरुमा अधिकांश पत्रकार र विद्यार्थी छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले रक्तदान गरेका थिए ।