पाडाजुंगी, १२ जेठ । झापा, कमल गाउँपालिकाकै सवैभन्दा अग्रज जेष्ठ कमल ५, पाथिभरा टोल निवासी रणबहादुर कार्कीको ११० बर्षको उमेरमा निधन भएको छ । धार्मिक तथा सामाजिक कार्यमा योगदान पुरयाँएका कार्कीको आफनै निवासमा आज दिउँसो निधन भएको हो ।
उनको पार्थिव शरीर भोलि १३ गते शनिवार बिहान १०ः०० बजे कन्काई माईमा अन्तिम संस्कार गरिने बुझिएको छ ।