निर्णायक रेफेरेन्स ल्यावद्धारा जाँचमा छुटको बम्पर योजना

दमक,१० जेठ। ल्याव परीक्षणमा उत्कृष्ठ मानिएको दमकस्थित निर्णायक रेफेरेन्स ल्यावले रगत तथा पिसाव लगायतका परीक्षणमा आर्कषक छुटको बम्पर योजना ल्याएको छ ।दमक चौंक भिसी मार्केटमा रहेको यस ल्याव प्रालिले आफनो  पाँचौ बार्षिकोत्सव तथा नयाँ बर्ष २०८० को अवसरमा स्वास्थ्य जाँचमा सेवाग्राहीहरुलाई लक्षित गरि बम्पर छुटको घोषणा गरेको हो ।
संस्थाका कार्यकारी निर्देशक कृष्ण कार्कीका अनुसार अहिले ल्यावमा सम्पूर्ण स्वास्थ्य जाँच ४० प्रतिशतसम्मको बम्पर छुटसहितका बिभिन्न छुटको सुबिधा दिइएको छ । यो ल्यावले होलबडीमा ४० प्रतिशतसम्म छुट दिने जनाएको छ । होलबडीमा न्युनतम ३५ सयदेखि १० हजार ५ सयसम्मका बिभिन्न प्याकेजहरु राखिएको छ ।
त्यस्तै सम्पूर्ण स्वास्थ्य जाँचमा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । त्यस्तै थाइराइडका बिरामीहरुका लागि थाइराइड जाँचमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । त्यसैगरी सुगरका बिरामीहरुका लागि निशुल्क सुगर जाँचको सुबिधा पनि दिएको छ । आर्थिक हिसावले बिपन्न बिरामीहरुलाई पनि सुगर जाँचमा समस्या सहज होस् भनेर दैनिक निशुल्क सुगर जाँचको ब्यवस्था गरिएको छ ।
२०७६ साल जेठ १५ गते दमक चोकको भिसी मार्केटमा स्थापना भएको यो ल्याव दमकको एकमात्र रेफेरेन्स ल्याव हो । यो ल्यावमा काठमाण्डौं, बिराटनगर, उर्लाबारी र दमक नगरपालिकाका एक दर्जनबढी डाक्टरसहितको लगानी छ । ल्यावमा बिभिन्न टेष्टहरु गर्ने बिश्वबिख्यात केलिया ब्राण्डका ब्याकमेन कुल्टर एसेस टु र इर्वा कम्पनीका उत्कृष्ट मेशिनहरुबाट स्वास्थ्य परीक्षण गरिन्छ । ब्याकमेन कुल्टर मेशिन क्यान्सर, प्रोस्टेट, थाइराइड, भिटामिन जस्ता महत्वपुर्ण टेस्टहरु गर्न बिश्वमै राम्रो मेशिनमध्ये एक हो । यो मेशिन नेपालमा रहेका ठुला मेडिकल कलेजहरु र ए ग्रेडका ल्यावहरुले मात्र प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ ब्याकमेन कुल्टरकै अर्को मेशिनले सिबिसी जाँच गरिन्छ ।
झापाको बिर्तामोडबाट पूर्व, पूर्वीमोरङ, इलाम र पाँचथरका बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरु, निजी क्लिनिक, फार्मेसीहरुबाट जाँचका बिरामीहरु आउने गरेको संस्थाका कार्यकारी अधिकृत कार्कीले जानकारी दिए । बिश्वकै उत्कृष्ट मेशिन र केमिकल प्रयोग गरी गरिने स्वास्थ्य जाँच गर्न पाउनु बिरामीका लागि आफैमा राम्रो हो, कार्कीले भने– ‘त्यो पनि भारी छुट पाउनु बिरामी वा स्वास्थ्य जाँच गर्नेका लागि झनै राम्रो अवसर हो । ’
चार बर्ष अघि २०७६ साल जेठ १५ गते स्थापना भएको ल्यावले आफ्नो स्थापना र नयाँ बर्ष २०८० को अवसरमा घोषणा गरेको होलबडी लगायतका स्वास्थ्य जाँचमा बम्पर योजना केही समयसम्म चल्ने बताइएको छ । यहाँबाट स्वास्थ्य परिक्षणका लागि काठमाण्डौ जानुपर्ने बाध्यता हुनेलाई पनि दमकबाटै सुबिधा दिइने छ । काठमाण्डौंको भक्तपुरमा रहेको ए ग्रेडको ल्याव सिग्मा डाइग्नोष्टिक ल्यावरेटोरी प्रालिसँगको सहकार्यमा सम्पूर्ण जाँचहरु दमकबाटै हुने सुबिधा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.