महिलाहरुका लागि उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

चुलाचुली, ८ जेठ । ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ का महिलाहरुका लागी उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको महिला लक्षित कार्यक्रम अन्तर्गत ७ दिने तालिम सञ्चालन गरिएको हो ।
तालिमको आज एक कार्यक्रमका बीच वडाअध्यक्ष लक्ष्मण श्रेष्ठले उद्घाटन गरे । वडा सचिव निर्मला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष श्रेष्ठले महिलाहरुको नेतृत्व बिकासका लागि तालिम सञ्चालन गरिएको जोड दिए । उनले सिकेको सीपलाई सदुपयोग गर्दै सामाजिक अगुवाई गर्न पनि सहभागि महिलाहरुलाई आग्रह गरे ।
वडा भित्रका २५ जना महिलाहरु सहभागि तालिममा सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई र एफएमका कार्यक्रम सञ्चालक तथा चुलाचुली गाउँपालिकाका भाषा साहित्य संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष बिवस बलभद्र कोईरालाले सहजिकरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.