झापामा ७ जना फरार प्रतिवादी पक्राउ

दमक, २१ बैशाख । विभिन्न अभियोगमा अदालतबाट दोषी ठहरिएका फरार ७ जना प्रतिवादीलाई झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार वन पैदावारलगायतका मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ  गरेको हो । पक्राउ परेका उनीहरुलाई आज बिहीवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले जरिवाना हुने ६ जना प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई छाडिएको र ६ महिना कैद सजाय तोकिएका एकजना प्रतिवादीलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।
पक्राउ पर्ने फरार प्रतिवादीहरुमा मिति २०७७ पुष ६ गतेको फैसला अनुसार चेक अनादर मुद्दामा रु एक हजार जरिवाना भई फरार रहेका भद्रपुर -२ बस्ने ५४ वर्षिय अशोककुमार थापा,जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु २ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी -५ बस्ने २५ वर्षिय धिरेन लिम्बू भन्ने धिरेन फागो ,जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५जरिवाना भई फरार रहेका हल्दीबारी -५ बस्ने ३५ वर्षिय प्रेम राई भन्ने प्रेमबहादुर राई रहेका छन् ।
यसैगरि,जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी -५ बस्ने २० वर्षिय सन्तोष राई ,जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी -५ बस्ने २१ वर्षिय अर्जुन लिम्बू भन्ने अर्जुन सावाँ , सोहि बन पैदावार मुद्धामा रु.२ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी -५ बस्ने ४० वर्षिय मानक लिम्बू भन्ने मानकुमार फागोलाई अदालतले जरिवाना असुल गरि छाडेको जनाएको छ ।
यता, जिल्ला अदालत झापाको मिति २०७८ पुष २२ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्धामा ६ महिना कैद तोकी फरार रहेका दमक -३ बस्ने ३४ वर्षिय गणेश राना मगरलाई भने कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको डीएसपी रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.