भिसी बेघाको शोकमा दमकमा स्थानीय विदा

दमक,१७ बैशाख । दमक नगरपालिकाले बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय विदा दिएको छ ।
नगरपालिकाको आज बसेको बैठकले उनको शोकमा एक दिनका लागि दमकमा स्थानीय विदा दिईएको कार्यवहाक नगर प्रमुख भिमप्रसाद पौडेलले बताए । शोकमा नगरपालिकाको कार्यालयसहित मातहतका कार्यालयहरु बन्द रहने उल्लेख छ ।
गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं बर्षको उमेरमा निधन भएको थियो । दमक ८ का स्थायीबासिन्दा बेघा एकवर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहदै आएका थिए ।
उनको पार्थिव शरीर दमक ल्याई दमक ६ स्थित उनकै आफनो नीजि किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी ) एम.भि.ओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए ।सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए ।.

Leave a Reply

Your email address will not be published.