दमक,१३ बैशाख । स्कूलको बसले किचेर झापाको कमल गाउँपालिका वडा नं २ भुत्लुङमा अढाई बर्षकी एक बालिकाको मृत्यु भएको छ ।मंगलवार अपरान्ह करिव सवा ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा समयगढस्थित नवोदय बोर्डिङ स्कूलको मे.१ क ४०७ नम्बरको बसले ठक्कर दिदाँ सोही ठाउँका पवन सुवेदीकी अढाई बर्षिया छोरी किन्जल सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट गंभीर घाईते बालिकालाई उपचारका लागि गौरादहस्थित मेडिकलमा पुरयाएपछि तत्कालै मृत्यु भएको थियो । प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।