दमक ८ का दुई पसलमा चोरी

दमक,१० बैशाख । दमकको मुख्य चौंक क्षेत्रका दुई वटा पसलमा चोरी भएको छ । पछिल्ला दुई दिनका अवधिमा दमक- ८ बिकास मार्ग र सेतुमारी मार्गका दुई वटा पसलमा चोरी भएको छ ।
पीडितहरुका अनुसार शुक्रवार राति दमकको बिकास मार्गस्थित श्रेष्ठ किराना पसल र शनिवार राति सेतुमारी मार्गस्थित लाइफ मोवाईल पसलमा चोरी हुदाँ नगद तथा अन्य सरसमानहरु गरि दुई लाख बढीको चोरी भएको छ ।
ती दुवै पसलको रातीपख सटर तोडेर नगद तथा अन्य सरसमानहरु चोरी गरेको लाइफ मोवाइलका सञ्चालक उद्धव श्रेष्ठले बताएका छन् । इलाका प्रहरी कार्यालयदेखि ५ सय मिटरको दुरीमा अवस्थित ती दुवै पसलमा चोरी गर्नेको पहिचान हुन सकेको छैन् । दमक प्रहरीले दुवै चोरीको घटनामा संलग्नको खोजी कार्य भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.