श्राद्धमा गएका तीन जनाको सप्तकोशीमा डुबेर मृत्यु

दमक, १० वैशाख । आफन्तको श्राद्धमा गएका दमक- ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउने क्रममा डुवेर तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा दमक –९ का २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका -७ का राजु गुरागाईं रहेका छन् ।गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एकजनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।
बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.