शुभारम्भ शाकोसको बार्षिकोत्सव,रक्तदान तथा भित्तेपात्रो सार्वजनिक

दमक,२९ चैत । दमक- ६ देवकोटा चौंकस्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार १३ औ बार्षिकोत्सवका अवसरमा रक्तदानसहित नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गरेको छ ।
संस्थाको कार्यालयमा संक्षिप्त कार्यक्रम गरि खुला रक्तदान गर्नुका साथै नजिकिएको नयाँ वर्ष -२०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरिएको अध्यक्ष गुरुभक्त ढुंगानाले बताए ।
संस्थाले यसवर्ष दमकस्थित रक्तसञ्चार सेवा केन्द्रको परिषरमा पुगेर रगतदान गरेको थियो । रक्तदानमा अध्यक्ष ढुंगाना,लेखा संयोजक मोहन श्रेष्ठ, सल्लाहकार संयोजक डा. घनश्याम सुवेदी लगायतले रगतदान गरेको संस्थाका व्यवस्थापक लोचन ढुंगानाले बताए ।
सोहि अवसरमा अघिल्ला वर्षझै यसवर्ष पनि नयाँ वर्षको उपलक्ष्यमा गतिविधिमूलक भित्तेपात्रो निकालिएको हो । संस्थाले बर्षेनी नयाँ वर्षका अवसरमा भित्तेपात्रो प्रकाशन गरिआएको छ ।
बार्षिकोत्सव कार्यक्रममा सहकारीका सञ्चालकहरु, उपसमितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु, शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.