मोरङ, २३ चैत्र । मोरङको बिराटनगर महानगरपालिका- ७ बाट मोटरसाईकल चोरीमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान्गजन गाउँपालिका -३ सुनसरीका १८ बर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुरका २५ बर्षीय सुशिल कुमार यादव र भारत ,पोसदाह पंचायतका २५ बर्षीय शौरभ कुमार यादव रहेका छन् ।
गत फागुन १० गते बिराटनगर- ७ स्थित सडक साईडमा पार्किङ गरी राखेको बेलबारी ४ का बम बहादुर खवासको नाममा रहेको को.२५ प १९४५ नम्वरको मोटरसाईकल चोरी गरी भारतीय नम्बरBR35802 लेखी चलाउदै गरेको अवस्थामा साथै आवश्यक कागजात नभएका BR38Q8656 र BR38T0021 नम्बरको भारतीय नम्बर प्लेट भएका मोटरसाईकलसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका तीनै जना विरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।