दमक,२३ चैत । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दमक -१ बाट २ जना र धनकुटाको सागुँरीगढी गाउँपालिका -१ बाट एक जनालाई लागुऔषधगाँजा सहित पक्राउ परेका छन् । बुधबार अपरान्ह बिशेष सूचनाको आधारमा प्रहरी पोष्ट फाल्गुनन्द दमकबाट खटिएको प्रहरी टोलीले दमक -३ का २१ बर्षीय सागर बिक र दमक -७ का २४ बर्षीय राहुल श्रेष्ठलाई ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने धनकुटाको प्रहरी चौकी मुलघाटबाट गस्तीमा खटिएको प्रहरी टोलीले सागुरीगढी १ लाबरबोटेबाट शंकास्पद अवस्थामा रहेका साँगुरीगढी ३ का २३ बर्षीय सरोज याख्खा, २३ बर्षीय इशाक याख्खा र धनकुटा नगरपालिका -८ का २३ बर्षीय सुमन राईले बोकेको झोला चेकजाँच गर्दा ६ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।