दमक,२२ चैत । झापाको कमल गाउँपालिका -५ स्थित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा जाने रेडक्रस मार्गको संरचना भत्काइएको पाईएको छ ।त्यहाँको रेडक्रसको भवनजाने सार्वजनिक सडक मार्गको दुई वटा हयूम पाईप निकालेर संरचना भत्काइएको पाईएको हो ।
उपशाखाले आफनो फेसबुक पेजमा आज साँझ बिना जानकारी त्यहाँको हयूम पाईप निकालेर दमक निवासी मोहन बगाले थापाले बाटो विगारेको उल्लेख गरेका छन् । आफनो जग्गातर्फको बाटोमा अनाधिकृत रुपमा गाडिएको ह्यूमपाईप निकालेको उनले दावी गरे । थापा पाडाजुंगीस्थित मंगलमय माविका प्रधानाध्यापक समेत हुन् ।
रेडक्रस मार्गमा वडा कार्यालयको वजेटबाट त्यहाँ पानी निकासका लागि दुई वटा हयूम पाइपसहित बाटो निर्माण गरिएको थियो । रेडक्रस सभापति चन्द्र साहले बर्षोअघि निर्मित त्यस सडकको संरचना विर्गानु ठिक नभएको बताएका छन् । उहाँले आज एक्कासी जेसिवी लिएर ह्यूमपाईप निकालेर बाटोमा क्षति पुरयाँउने काम विल्कुल चित्तबुझदो नभएको सभापति साहले बताएका छन् ।
रेडक्रस पूर्वको जग्गाधनी थापाले भने वडा कार्यालयमा त्यसबारे निवेदन दिएको र आज भने जेसिवी लगाएर ती हयूमपाइप निकालेको बताए ।सामाजिक सञ्जालमा बाटो विगार्ने कार्य प्रति स्थानीयले आलोचना गरेका छन् । रेडक्रसको पेजमा रेडक्रसकर्मीसहित स्थानीयले सार्वजनिक सडक मार्गमा क्षति पुरयाँउने कार्यको आलोचना गरेका हुन् ।