मोवाईल व्यवसायीको रक्तदानमा ४२ पिन्ट रगत संकलन

दमक ,१२ फागुन । दमक मोवाईल व्यवसायी संघले आफनो १० औं स्थापना दिवसका अवसर पारेर शुक्रवार दमकमा आयोजना गरिएको रक्तदानमा ४२ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा आयोजित रक्तदानमा २ महिलासहित ४२ जनाले रगतदान गरेका थिए ।
संघका अध्यक्ष भेनष श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, वरिष्ठ उपाध्यक्ष राजु खड्का,दमक जेसीजका पूर्व अध्यक्ष भगवान बस्नेत, अग्रज मोवाइल व्यवसायी हरि उप्रेती लगायतले रगतदान गरेका थिए । रक्तदाताहरुलाई मायाको चिनो स्वरुप फूल प्रदान गरिएको थियो ।
संघले बर्षेनी आफनो स्थापना दिवसमा रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।
रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.