दमकमा डिपिएलको तेश्रो राष्ट्रिय महाधिवेशन शुरु

दमक,७ फागुन । डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल) को तेश्रोराष्ट्रिय महाधिवेशन आइतवारदेखि दमकमा शुरु भएको छ । महाधिबेशनको संघिय संसद सदस्य लालप्रसाद सावाँले उद्घाटन गरे ।
महाधिवेशनको उद्घाटन गर्दै सावाँले अहिले युवाहरुलाई सकारात्मक सोचको आवश्यकता रहेको बताए ।लागुऔषध दुब्र्यसनमा फस्दै गएको बेला युवाहरुलाई सकारात्मक उर्जा प्रदान गर्ने डिपिएलले शुरु गरेको अभियान समय सान्दर्भिक रहेको उनले बताए । प्रबिधिको जतिसुकै बिकास भएपनि पठन संस्कृतिले मानिसमा सकारात्मक सोच गराउँदै व्यक्तिलाई सिर्जनशील बनाउने उनको भनाई थियो ।
कार्यक्रममा डिपिएलका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले मुलुक बिकासको संवाहक अहिलेका युवाहरुको सोच बदलेर बिकास निर्माणमा जोड्नु पर्ने बताए । अहिलेका युवाहरुमा स्वदेशमा भविष्य नरहेको भन्दै बिदेश जाने सोच मात्रै आउने गरेको भन्दै उनले स्वदेशमै रोजगारीको सृजना गरि युवाशक्तिलाई बिदेश पलायनबाट रोक्नु पर्ने बताए ।
डिपिएल बोर्ड अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बिजुला रायमाझी, एमाले केन्द्रीय सदस्य गिता अधिकारी, माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष गगन पुरी, कांग्रेस नेता सुरेश सुब्बा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं लगायतले बोलेका थिए ।
सोमबारसम्म चल्ने महाधिबेशनले डिपिएलको नेतृत्व चयन गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published.