दमक ,७ फागुन । नेपाली कांग्रेस दमक १० वडा कार्यालय सञ्चालनमा ल्याईएको छ ।पार्टी गतिविधिलाई थप क्रियाशील बनाउने उद्देश्यले वडा कार्यालय सञ्चालनमा ल्याईएको वडासभापति घनश्याम खनालले बताए ।
कार्यालय सञ्चालनका लागि कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बूले निशुल्क कार्यालय उपलव्ध गराएकी छन् । कार्यालय बसेको घर नेतृ लिम्बूकी पिता लोकतान्त्रिक आन्दोलनका योद्दा समेत सेनानी स्व. मुगाधन र आमा कृष्णकुमारी राईको बाह्घरेस्थित निवास हो ।दिवंगत सेनानीको सम्झनामा उनीहरुको निजी निवासलाई पार्टी वडा कार्यालय स्थापना गरिएको वडासभापति खनालले बताएका छन् ।शनिवार एक कार्यक्रमका बीच पार्टी कार्यालयको नेतृ लिम्बूले उद्घाटन गरिन् ।