कार दुर्घटनामा एकजनाको मृत्यु,तीन घाईते

मोरङ ,२२ माघ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा आइतबार बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भएर बिहान ३ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कारमा सवार भारतको सिक्किम वेष्ट सोरेङ घर भएका ६३ वर्षीय प्रतापसिंह तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घाइते अवस्थाका तामाङको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ६ः२५ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा कार चालक सिक्किमकै ४१ वर्षीय फूर्वा छिरिङ तामाङ, २२ वर्षीय पाल्देन टासी तामाङ र ४३ वर्षीय बालचुक तामाङ घाइते भएका छन् । घाइतेको विराटनगरमै उपचार भइरहेको छ । मृतक र कार चालक बाबुछोरा रहेको प्रहरीले जनाएको छ । आफन्तको मृत्यु भएको ठाउँमा पुगेर सिन्धुलीबाट सिक्किमतर्फ फर्किंदै गरेको कार दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार सडकबाट पल्टिएर खड्का पेट्रोल पम्पअगाडिको खोल्सीमा झरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए । तीव्र गतिका कारण कार दुर्घटनामा परेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published.