दमक,१७ माघ । नेपाली कांग्रेसले दमक उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई शुभकामना दिएको छ ।
मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रम गरि पार्टीबाट प्रतिनिधित्व गरि निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सामूहिक रुपमा सम्मान गरेको सचिव दिपेश दाहालले बताए ।
पार्टी गर सभापति प्रकाश प्रसाईको अध्यक्षतामा भएको बधाई शुभकामनासहितको सम्मान कार्यक्रममा दमक उद्योग वाणिज्य संघमा निर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल ) तथा रेडक्रस सभापति प्रकाश बुढाथोकीसहितका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो । त्यसैगरि, कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक समिति दमकको नवनिर्वाचित अध्यक्ष दिनेश भट्टराई, पदाधिकारीहरु तथा सदस्यहरुलाई पनि कार्यकाल सफलताको शुभकामनासहित बधाई प्रदान गरिएको थियो ।
दमक उद्योग वाणिज्य संघको गत माघ ६ गते, रेडक्रसको माघ २३ र १६ माघमा हलुका सवारी चालक इकाई समितिको निर्वाचन भएको थियो ।
पार्टी नगर उपसभापति सागर खनालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा पार्टीका जिल्ला उपसभापति शेरवहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा कांग्रेस प्रदेश १ की सदस्य तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश १ की सदस्य चन्द्र खड्का भट्टराई, पूर्व सांसद विश्वदिप लिङदेन, महाधिबेशन प्रतिनिधिहरु शुरेस सुब्बा,मेदनी सिटौला, विक्रम अधिकारी,मन्दरा चिमरीया, प्रदेश क्षेत्र -ख का सभापति रवि केसी, नेपाल तरुण दलका क्षेत्रीय सभापति एवं वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, पूर्व जिल्ला कोषाध्यक्ष देवी दाहाल, पूर्व सहसचिव तथा दमक १० का वडाअध्यक्ष राजेन्द्र भण्डारी ,पूर्व महासमिति सदस्य दिलबहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।