झापा ,१५ माघ । प्रदेश १ सरकारकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले प्रदेश नामकरण पहिचानको आधारमा हुनुपर्ने जोड दिएकी छन् ।किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाले शनिवार बिर्तामोडमा आयोजनामा गरेको कुसङ येले तङ्बे तथा कक्फेक्वा तङ्नाम–५०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गदैं मन्त्री लिम्बूले अवको प्रदेशसभाको बैठकले नामकरणको विषयले प्रवेश पाउने बताईन् । देशका अन्य सबै प्रदेश को तुलनामा यस प्रदेश विशिष्ट संरचनाका रुपमा भएको उल्लेख गदैं उनले अव यस प्रदेशको नामकरण पहिचानका आधारमा हुने दावी गरिन् ।
स्वास्थ्य मन्त्री लिम्बूले आम जनचासोको विषय रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आफूमा रहेकाले आफ्नो पहिलो कर्तव्य स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रतिवद्ध भई लाग्ने बताईन् । स्वस्थ्य शरीर भएमात्र देश स्वस्थ्य रहने भएकाले सवै नागरिकको गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँउन प्रदेश सरकारले पहल गर्ने उनले विश्वास व्यक्त गरिन् ।
त्यस अवसरमा आयोजक संस्था चुम्लुङले मन्त्री लिम्बूलाई अभिनन्दन समेत गरेको थियो ।
त्यस्तै, चुम्लुङले प्रदेश १ को नामकरण पहिचानको आधारमा नामकरण गर्नु पर्ने , सदनमा मातृभाषा मान्यता दिलाउन सांसद लोगो समेत लिम्बू र याक्थुङ् भाषामा उल्लेख गर्न,लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिन लगायतका विषयलाई समेटिएको ज्ञापनत्रपत्र बुझाइएको जिल्ला अध्यक्ष सेसेहाङ फियाकले बताए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष तथा मुन्धुमी अध्येता हरि चोङ्बाङ, संघीय सल्लाहकार जीतबहादुर लावती, जनता समाजवादी पार्टी नेपाल का जिल्ला अध्यक्ष दिपेनवाला राई, याख्खा छुम्माका जिल्ला अध्यक्ष मच्छिन्द्र याख्खा, कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, कमल गाउँ कार्य समितिका अध्यक्ष दिवस लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लिम्बू सांस्कृतिक परिषद् दमकले केलाङ ,कियाचु कमल गाउँपालिका वडा न. ३ का अध्यक्ष हिमाल लिम्बूले पालाम तथा कवि विराट किरातीले कविता प्रस्तुत गरेका सचिव प्रेमचन्द्र लिम्बूले बताए ।