दमकको बालाजी फर्निसिङमा आगलागी ,लाखौको क्षति

दमक,१४ माघ । दमक- ६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा आज साँझ आगलागी भएको छ ।त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांस समान नष्ट हुन पुगेको थियो । आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीबाट फर्निसिङका कुर्सी,टेवल,तन्ना लगायतका घरायसी समानहरु नष्ट भएका थिए ।
स्थानीय भगवान बस्नेतको घरको भुईतलामा रहेको पसल बन्द गरेर पुगे लगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताए । आगजनीबाट लाखौ मूल्यका समानहरु जलेर क्षति पुगेको दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापाले बताए ।
उनका अनुसार आगलागी दमक,उर्लावारी,गौरादहको वारुण यन्त्र,प्रहरी तथा स्थानीयको सहयाताबाट नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको बिबरण संकलन कार्य भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए ।
गत माघ १ गते समेत दमक ६ कै नमुना वजारका ६ वटा पसलमा आगजनी हुदाँ रु २ करोड बढी मूल्यका धनमालमा क्षति हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.