सुमनसिंहलाई मेची ब्यूरो इन्चार्जको जिम्मेवारी

दमक,१३ माघ । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा मेची व्यूरो इन्चार्जमा दमकका युवा नेता सुमनसिंहले जिम्मेवारी पाएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (विप्लव ) को गत माघ ३ गते कपिलवस्तुमा सम्पन्न नवौं केन्द्रिय समितिको बैठकले मेची ब्यूरोको इन्चार्जमा सुमनसिंहलाई जिम्मेवारी दिएको हो ।
पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेका उनले झापा, इलाम तथा विभिन्न जिल्लाको सफल नेतृत्व गर्दै पार्टीलाई शसक्त बनाउन भूमिका निर्वाह गरेका छन् । नौं दिनसम्म चलेको उक्त बैठकले इलाम जिल्लाको ईन्चार्जमा मौसम सि र झापा ईन्चार्जमा प्रशान्त सिलाई जिम्मेवारी तोकेको बताईएको छ । यसैबीच ,नयाँ जिम्मेवारी पाएका मेची ब्यूरो प्रमुख सुमनसिंहले पार्टीले उठाएका सवालहरुलाई जनता सामु सशक्त ढंगबाट लैजाने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.