दमक,४ माघ । झापाको कमल गाउँपालिका ५ पाडाजुङ्गी स्थित लगनशील कृषि सहकारी संस्थाले आज आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा २ सय बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् ।
संस्था स्थापना दिवसको अवसरमा पारेर आफनै कार्यालयमा सञ्चालन गरिएको एक दिने आखाँ तथा स्त्री रोग सम्बन्धी शिविरमा २३२ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् । शिविरमा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष गोविन्द खनालले आफना शेयर सदस्यहरुका लागि आफनै ठाउँमा आखाँ तथा स्त्री रोग सम्बन्धी सेवा पुरयाँएको बताएका छन् । संस्थाको बार्षिक कार्यक्रम अनुसार सहकारीले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् । शिविरमा आखाँ तर्फ १८६ जना र स्त्री रोग तर्फ ४६ जनाले परीक्षण गराएका छन् । आखाँ तर्फ दमकको मेची आई एण्ड इयर केयर दमक र स्त्री रोग तर्फ नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोग रहेको संस्थाका लेखा संयोजक युवराज कार्कीले बताएका छन् ।