गौरीगञ्ज,१९ मंसिर । १९औँ महिला सामुदायिक स्वयमसेबिका दिवसको अवसर पारेर आज गौरीगञ्ज गाउँपालिकाले ६ जना उत्कृष्ट महिला स्वयम् सेबिकाहरुलाइ सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ६ जना उत्कृष्ट स्वयम् सेबिकाहरुलाई सम्मानित गरिएको हो ।
गत बर्षको कार्य दक्षताको मूल्याङकनको आधारमा वडा न.१ की इन्द्रवत्ती राजवँशी वडा न. २ की भद्रा राजवँशी, वडा न.३ की बच्ची राजवँशी ,वडा न.४ की रुकमणी राजवँशी ,वडा न.५ की फुलकुमारी राजवँशी र वडा न. ६ की चन्द्रकला कार्की सम्मानित भएका हुन् । गत बर्षको कार्य दक्षताको मूल्याङ्कनको आधारमा उनीहरुलाइ सम्मानपत्र र दोसल्ला औढाएर सम्मान गरिएको स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष फुलवती राजवँशीले गाउँ गाउँमा स्वास्थ्य स्वयम्सेबिकाहरुको योगदानको प्रंशसा गर्दै स्वस्थ्य स्वयम् सेबिकाहरुले आफ्नो कर्तब्य भुल्न नहुने कुरा उल्लेख गरिन् । कार्यक्रममा अध्यक्ष राजवँशी, उपाध्यक्ष कुँवर कार्यपालिका सदस्य राधा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडा, स्वास्थ्य शाखा प्रमुख मिश्र एनएलएफका कार्यक्रम सँयोजक डिबि गुरुङ, नेफेजका प्रतिनिधि अनुपा अधिकारी, आधारभुत अस्पतालका प्रमुख अनुप सेढाइ लगायतको उपस्थिति रहेको थियो ।