मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु

पथरीशनिश्चरे, १० मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे २ जय चोक सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्य भएको छ ।
प्रहरीका अनुसार शुक्रबार राती प्र १–०२–०४० प ७७७५ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मिक्लाजुङ ७ का २५ बर्षिय मनिहाङ लिम्वूको मृत्यु भएको हो । राती भएको सो दुर्घटनामा गम्भिर घाइते भएका लिम्बुको उपचारको क्रममा मंगलवारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा आज शनिबार बिहान साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.