तीनदिनदेखि कमल ६ का बाह्कोटी वेपत्ता

दमक, ७ मंसिर । झापाको कमल गाउँपालिका ६ का ४५ बर्षिय इन्द्र बाह्कोटी तीनदिनदेखि वेपत्ता भएका छन् । घरका परिवारलाई खबरनै नगरि गत मंसिर ४ गते देखि वेपत्ता भएका उनलाई खोजतलास गरिएपनि हालसम्म फेला नपरेको उनको श्रीमती माया बाह्कोटीले बताईन् ।
उनका अनुसार एकाएक वेपत्ता भएका श्रीमानको खोजीका लागि गाउँघर,आफन्त ,नातागोतासम्म खोजतसास गरिएपनि सम्पर्क हुन सकेको छैन् । खोजतलासमा समेत फेला पर्न नसकिएपछि परिवारजनले खोजीका लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिएको श्रीमती मायाले बताईन् । वेपत्ता बाह्कोटीले भेष्ट, हाफपेन्ट , चप्पल मात्र लगाएका छन् ।
उनी स्थानीय एक गाइफार्ममा काम गरिआएका थिए । वेपत्ता बाह्कोटीका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।वेपत्ता बाह्कोटीलाई कसैले फेला पारे ,देखेभने नजिकको प्रहरी कार्यालय तथा मोबाइल ९८२४९६६६७१ मा समेत सम्पर्क गरिदिन बाह्कोटी परिवारले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.