झापा , ७ मंसिर । झापा ३ प्रदेश सभा ( १ ) बाट नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । आज विहान सम्पन्न गणनाको अन्तिम मतपरिणाम अनुसार राजवंशीले नेकपा एमालेका उम्मेदवार बसन्त बाँनियालाई हराउदै निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा हार ब्यहोरेका राजवंशीले यसपटक बदला लिँदै निवर्तमान सांसद बानियालाई पराजित गरेका हुन् । राजवंशीले २० हजार ७७० मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी बानियाले १९ हजार ७०१ मत ल्याए ।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका मदनहाङ्ग तावाले १०१७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अम्बरबहादुर लिम्बूले ५५१ ,जनमत पार्टीका देवकुमार चौधरीले ४३६ ,स्वतन्त्र हेमलाल भट्टराईले ४०९ ,स्वतन्त्र जमालुदिन मियाले १७३ मत ल्याएका छन् ।
प्रदेशसभामा दोश्रो पटक कार्की पुनः विजयी
झापा क्षेत्र न. २ प्रदेश सभा ( १ ) बाट नेकपा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।कार्कीले १२ हजार ६३० मतान्तरले निर्वाचत भए । उनले १८ हजार ७३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्प पोखरेलले ६१०१ मत ल्याएका छन् । त्यस्तै हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले ३२४२ मत ल्याएका छन् ।