दमक,६ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा ५ बाट फराकिलो अग्रतालाई बढाउदै लगेका छन् । जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार ओलीले प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारीलाई ७ हजार ५ सय ५९ मतान्तरले पछि पार्दे फराकिलो अग्रता लिएका हुन् ।
ओलीले १८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गरेका छन् ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस पोख्रेलले ३७७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार ३७ हजार ८ सय ३ मतगणना मध्ये ३५ हजार ६ सय ३१ मत सदर र २१७२ मत बदर भएको थियो ।