पाँचथरमा सत्तागठबन्धनको अग्रता

फिदिम, ६ मङ्सिर। पाँचथरमा सत्तागठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । प्रतिनिधि सभातर्फको मतगणनामा अगाडि रहेका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे अग्रता लिएका हुन् ।
पाँच हजार ५७ मतगणना हुँदा आङ्देम्बेको दुई हजार दुई सय २० मत ल्याएका छन् भने नेम्बाङले दुई हजार ८५ मत पाएका छन् । नेम्बाङ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् भने आङ्देम्बे कांग्रेसको बहाल सहमहामन्त्री हुन् । उनीहरू २०७४ को प्रतिनिधिसभातर्फकै प्रतिद्वन्द्वी उम्मेदवारसमेत हुन् ।

पाँचथरमा रहेका प्रदेशसभा ‘क’ र ‘ख’ को पनि मतगणना भइरहेको छ । ‘क’ मा नेकपा एसका उम्मेदवार कमलप्रसाद जवेगु दुई हजार ६१५ मतका साथ अग्रता कायम लिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले दुई हजार ७४ मतले पछ्याउँदै आएका छन् ।

त्यसैगरी ‘ख’ मा नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोको दुई हजार ५८१ मतले अगाडि छन् भने उनीसँगको प्रतिस्पर्धात्मक मत एमालेका अइन्द्रसुन्दर नेम्बाङको दुई हजार ४४० आएको छ । केही समय अगाडिको अइन्द्रको अग्रता इन्द्रबहादुरले उल्ट्याएका हुन् ।

प्रदेशअन्तर्गत ‘क’ को पाँच हजार ५५८ र ‘ख’ को छ हजार १५१ मत गणना हुँदासम्म उल्लेखित नतिजा प्राप्त भएको हो । जवेगु र आङ्बो गठबन्धनका उम्मेदवार हुन् । यहाँको मतगणना हुने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published.