दमक ,६ कात्तिक । दमक वडा नम्बर ९ स्थित पूर्वेली टोलमा सामूहिक रुपमा देउसीभैली खेलिएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा खेलिने देउसीभैली खेलिने र भाई टिका लगाएपछि देउसी खेल्ने चलन भएपनि टोलबासीहरुको समय जुटाएर आजै खेलिएको टोल बिकास संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेले जानकारी दिए ।
भोलिदेखि बाहिर घर भएका टोलबासीहरु चाड मनाउन आआफ्नो घर जाने भएकाले आजै समय निकालेर टोलमा देउसी खेलिएको उनले बताए । महिला, बालबालिकासहित टोलका सबै सहभागि भएर टोलका ६ ठाउँमा देउसी खेलिएको अध्यक्ष न्यौपानेले बताए । परम्परागत रुपमा देउसी भट्याउँदै नाचगानसहित देउसी खेलिएको उनले बताए ।
देउसी खेलेर जम्मा भएको+ रकमले सामाजिक कामका लागी आवश्यक बिभिन्न सामाग्रीहरु खरिद गरिने टोल बिकास संस्थाका उपाध्यक्ष भिम कार्कीले जानकारी दिए ।