झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा नेम्वाङ

 

दमक, ६ कार्तिक । झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा बिष्णु कुमार नेम्वाङ नियुक्त भएका छन् ।निमित्त कार्यालय प्रमुखको जिम्मेवारी लिई नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न जिल्ला तथा प्रदेश छनौट प्रतियोगितामा अहम र महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले करातेका सहायक प्रशिक्षक नेम्वाङलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो ।

गत असार ७ गते देखि उनी झापा जिल्ला खेलकुद विकास समितिको निमित्त कार्यालय प्रमुख थिए । राष्ट्रिय खेलकुद परिषदको आजको निर्णय अनुसार उनलाई झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो । उनले आजनै  जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published.