भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न पक्राउ

दमक,६ असोज । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ बर्षिय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएको आशंकामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेका नाम खुलाएको छैन् ।
हिजो अपरान्ह साढे ४ बजे खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।
त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाईते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार व्यक्तिगत रिसिबीका कारण सो घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published.