दमक, २६ भदौं । दमक ९ मा अवस्थित चन्द्रमा बनबाटिका भित्र भब्य र आधुनिक चन्द्रमा पार्क बन्ने भएको छ । पार्क निर्माणका लागि प्रदेश सरकारबाट चालू आर्थिक बर्षमा प्रारम्भिक कामका लागि रु ७५ लाख बिनियोजन भएको छ । प्रदेश सरकारको आर्थिक तथा योजना मन्त्री इन्द्रबहादुर आङवाले पार्क निर्माणका लागि उक्त वजेट बिनियोजन गरिदिएको बुझिएको छ ।
उक्त काम सम्पन्न गर्नको लागि आज स्थानीय सरोकारवनलाहरुको भेलाले नगेन्द्र घोर्साइको अध्यक्षतामा ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ । गठित उपभोक्ता समितिको सचिवमा दिनेश दाहाल,कोषाध्यक्षमा लक्ष्मी विश्वकर्मा र सदस्यहरुमा रीतु नेम्बाङ, बिजय राई,दिपक खनाल , लावण्य श्रेष्ठ ,पबित्रा खड्का ,पूर्ण थापा लगायत रहेका छन् ।
पार्कलाई आन्तरिक मनोरञ्जन स्थलका रुपमा विकास गर्ने निर्माण उपभोक्ता समितिले स्थानीय सरकार,प्रदेश सरकारसंग समन्वय गरि काम थाल्ने अध्यक्ष घोर्साइले बताए ।