साउण्ड सिस्टम व्यवसायी संघको अध्यक्षमा कठेत निर्वाचित

दमक,२६ भदौं । साउण्ड सिस्टम व्यवसायी संघको चौथो केन्द्रीय महाधिबेशनबाट अध्यक्षमा विनोदकुमार कठेत निर्वाचित भएका छन् ।संघको दमकमा शनिवार सम्पन्न महाधिबेशनको बन्दसत्रले कठेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

निर्वाचित समितिको चार उपाध्यक्षमा क्रमशः रोहित ओली,मोहन मगर ,लोचन यादव,प्रविण साह, कोषाध्यक्षमा अमृत पौडेल,सचिवमा पेमा छेवाङ तामाङ, र सहसचिवमा ताराकुमार श्रेष्ठ चुनिएका छन् ।यस्तै, सदस्यहरुमा श्यामकुमार यादव,रोशन मिश्र र विनोद मेहेता चुनिएका छन् । महाधिबेशनको उद्घाटन दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराईले उद्घाटन गरेकी थिइन् । महाधिबेशन साउण्ड सिस्टम व्यवसायी संघ झापा माइपश्चिम क्षेत्र ( ख) को व्यवस्थापनमा सम्पन्न भएको महाधिबेशन तयारी समितिका संयोजक मोहन मगरले बताए ।

Leave a Reply

Your email address will not be published.