दमकमा गृल तथा स्टीलका श्रमिकहरुलाई अभिमुखीकरण

दमक,२ भदौ । झापाको दमकमा गृल तथा स्टील व्यवसायमा आवद्ध श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सतर्कता सम्बन्धि आजदेखि तीन दिने अभिमुखीकरण तालिम शुरु भएको छ । गृल तथा स्टील व्यावसायी महासंघ नेपाल र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम बिभाग अन्तर्गतको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि केन्द्रको सहकार्यमा गृल तथा स्टील व्यवसायी संघ दमक इकाई समितिले तालिम आयोजना गरेको हो ।

तालिमको उदघाटन कार्यक्रमका वक्ताहरुले ग्रील तथा स्टील सम्बन्धिको व्यवसायिक काममा रहेका समस्याहरुको समाधानका लागि राज्यका निकायहरु गंभीर हुन आवश्यक रहेको बताए ।

झापा भित्र संचालित गृल उद्योगी र उद्योगमा काम गर्ने श्रमिकहरु करिब ४० जनाको सहभागिता रहेको सो तालिमको उदघाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटट्राई प्रसाइँ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहन कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका दमक इकाई अध्यक्ष गोपाल दाहालको सभापतित्वमा भएको कार्यक्रममा ग्रील तथा स्टील व्यवसायका क्षेत्रका समस्या र निराकरणका बिषयमा पनि छलफल भएको संघका केन्द्रीय सदस्य विमल नेपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.