राप्रयुवक संगठनका प्रदेश संयोजकमा दमकका योङया मनोनित

दमक,२४साउन । राप्रपाका युवा नेता राजकुमार योङया पार्टीका जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको प्रदेश १ को संयोजकमा मनोनित भएका छन् ।राजनीतिक तथा व्यवसायीहरुको समेत नेतृत्व गरिआएका दमक १ निवासी योङयालाई संगठनले प्रदेश नेतृत्वको समेत जिम्म्मेवारी दिएको हो । उनलाई संगठनका केन्द्रीय अध्यक्ष फडिराज लोेहनीले पत्रमार्फंत जिम्मेवारी दिदै प्रदेशको युवा संगठन विस्तार तथा विकास गराउन उल्लेखीय योगदान पुग्ने अपेक्षा गरिएकोउल्लेख छ ।
उनी दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हुन् भने विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
यसैवीच, संयोजक योङयाले पार्टीलाई युवाहरुको आर्कषण बनाउन आफूले तनमन दिएर संगठन विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.