दमक,१४ साउन । प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दमक नगरपालिका वडा न.९ मा १० वटा घर निर्माण हुने भएका छन् ।प्रदेश १ सरकारले जनता कोहि पनि नागरिक घर बार बिहिन भएर बस्न नपरोस भनेर सञ्चालित जनता आवास कार्यक्रममार्फत दमक ९ का अति विप्पन्न दलित परिवारका लागि घर बनाउने काम शुरु गरिएको वडा नं ९ का वडाध्यक्ष कुवेर भट्टराईले जानकारी दिए ।
शुक्रवार उक्त घरको प्रदेश सांसद अर्जुन राई र नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरे ।यसअघि सोहि कार्यक्रम अन्तर्गत दमक ३ का ३३ विपन्न परिवारले नयाँ घर पाईसकेका छन् ।
वडाध्यक्ष भट्टराईले विपन्नका लागि घर निर्माण गर्न प्रदेश सरकारबाट रु ३ लाख ५० हजार प्रति घरको बजेट प्राप्त भएको बताए । यसमा थप १० प्रतिशत लाभान्व्दित वर्गले लगानी गर्नु पर्ने तथा लगानी गर्न नसक्नेले भने अनिवार्य श्रमदान गर्नु पर्ने उनको भनाई छ । ती घर तीन महिना भित्रमा सम्पन्न गरिने उल्लेख छ ।
वडाअध्यक्ष भट्टराईका अनुसार यो वर्ष जनता आवास कार्यक्रम अन्तर्गत नयाँ घर पाउनेहरुमा करुण पाँचकोटी, तिलक बहादुर दर्जी, चित्र बहादुर बिश्वकर्मा, मन्जु पाँचकोटी, हेम बहादुर दर्जी, शंखर बहादुर बिश्वकर्मा, पुष्प बहादुर सार्की, कुमार सार्की, किशोर विक र भुवन सिहं कामी रहेका छन् ।
विपन्न नागरिकका लागि नगरपालिकाले जनता आवास कार्यक्रमका साथै नमुना बस्ती बनाएर पनि राख्ने काम भइरहेको नगर उपप्रमुख भट्टराईले बताइन् ।