बाटो खन्ने क्रममा ढुङगाले लागेर मृत्यु


ताप्लेजुङ, २७ असार ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका -३ आगेपामा स्काईभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढुङगाले लागेर एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
आईतवार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङगा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङगाले लागेर पैदल हिडिरहेका सिदिङवा गाउँपालिका ३ भञ्याङका २२ बर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.