दमक,१९ असार । इटहरीमा भएका दुई अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरी –१७ पकली चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्ब आउदै गरेको को १ ख ७७९५ नम्बरको बसको ठक्करबाट रामधुनी ९ का ७५ बर्षिय मंगलु चौधरीको मृत्यु भएकको हो ।
उत्तरबाट दक्षिण तर्फ बाटो क्रस गर्दै गरेका साईकलयात्री चौधरीलाई ठक्कर दिदा साईकल गम्भिर घाईते उनको धरान पठाइएकोमा शुक्रबार राती पौने ८ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी ईटहरी १२ चौकीमोडस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट भारत बिहारका लालुप्रसाद विश्वासको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको बा.प्र. ०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले ५० बर्षिय विश्वासलाई ठक्करदिएको थियो । गम्भिर घाईते विश्वासको विराट टिचिङ हस्पिटल विराटनगरमा राती करिब ९ बजे मृत्यु भएको जनाइएको छ ।
मोटरसाइकल चालक काठमाण्डौ वडा नं. ८ का २५ बर्षिय सुबास तामाङ र पछाडी सवार संखुवासभा सभापोखरी ६ का २४ बर्षिय शिखा लिम्बु सामान्य घाईते भएका छन । उनीहरुको खनार सामुदायिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
Facebook Comments Box