दुई विद्यार्थीको शैक्षिक निरन्तरतामा दमककी व्यवसायी सिटौला

दमक,२६ जेठ । दमककी सामाजिक व्यक्तित्व समेत रहेकी युवा व्यवसायी बिन्दु सिटौला (लक्की ) ले झापा, कमल ५ गुह्येश्वरी आधारभुत बिद्यालयका दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण कार्यलाई निरन्तरता दिएकी छन् ।
उनले त्यस विद्यालयमा अध्ययनरत कक्षा ६ की आमाबाबु विहीन जीना बिक र कक्षा ४ मा अध्ययनरत सपु राईलाई शैक्षिक पठनपाठनको वन्दोवस्तीमा सहयोग कार्यलाई निरन्तरता दिएकी हुन् ।
ति दुवै छात्राको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग गरिरहेकी सिटौलाले तेस्रो शैक्षिक सत्रका लागि आवश्यक सम्पूर्ण खर्च वापतको रकम ब्यहोरेकी छिन । सिटौलाले सो बापत लाग्ने रकम बराबरको चेक बिद्यालयमै बिद्यार्थी तथा शिक्षकहरुको उपस्थितीमा बिहिबार प्रधानाध्यापक बिष्णुप्रसाद खनाललाई हस्तान्तरण गरिन् ।
दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य समेत रहेकी सिटौलाले ति दुवै छात्राको अवस्था दर्दनाक किसिमको पाएपछि शैक्षिक भविष्यको जिम्मा लिदैं अभिभावकत्व ग्रहण गरिआएकी थिइन् । सिटौलाकै सहयोगमा अहिले आमाबाबु बिहिन जीना र सपुले पढ्नेको चाजोपाजो पाएकी हुन् ।

उनले आधारभुत तहको मात्रै अध्ययन सो बिद्यालयमा हुने भएकाले अर्को शैक्षिक सत्रदेखि जीनालाई नजिकैको अर्को बिद्यालयमा पनि शैक्षिक सहयोगलाई निरन्तरता दिने बताइन । उनले भनिन– ‘मैंले यी नानीहरुलाई उनीहरुकै चाहना अनुसार जुनसुकै तहसम्म पनि पढन लाग्ने खर्च ब्यहोर्ने संकल्प गरिसकेकी छु र त्यसलाई निरन्तरता दिन्छु ।’

Leave a Reply

Your email address will not be published.