भोलि रिटर्नी फेडरेसनको दमकमा प्रदेश भेला

दमक,२६ जेठ । नेकपा एमाले सम्बद्ध रिटर्नी फेडरेसन नेपालको १ नम्बर प्रदेशस्तरीय भेला दमकमा हुने भएको छ । भोलि शुक्रबार दमकमा आयोजना हुने सो संगठनको भेलाका बिषयमा बिहिबार दमकमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा जनाईए अनुसार भेलामा प्रदेश एक अन्तर्गतका १४ वटै जिल्लाबाट करिब ३ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन । दमकस्थित एमालेको पार्टी कार्यालयमा आयोजना हुने भेलालाई पार्टीका केन्द्रीय सचिव एवं युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्य रहने फेडरेसनका प्रवक्ता जेपी सापकोटाले जानकारी दिए । फेडरेसनका उपाध्यक्ष तथा प्रदेश १ का इञ्चार्ज विनोद भट्टराईलाई प्रदेश भेला सम्पन्न गर्ने जिम्मेवारी तोकिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । भेलाले संगठनको प्रदेश कमिटी गठन गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु सहभागी हुनेछन । पत्रकार सम्मेलनमा वितरित प्रवक्ता सापकोटाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइए अनुसार संगठनको हाल सम्म ४१ व्टा जिल्लामा जिल्ला कमिटी र १८० भन्दा बढी पालिकामा पालिकास्तरीय कमिटी गठन भइसकेको छ । ३ असार सम्ममा सबै प्रदेशहरुमा प्रदेश कमिटी गठन गर्ने तथा मसिंर मसान्त सम्ममा संगठन निर्माण प्रकृया समापन गरिने पनि सो फेडरेसनले जनाएको छ । पत्रकार सम्मेलनमा फेडरेसनका प्रदेश १ सहइन्चार्ज भरत शिवाकोटी, झापा इन्चार्ज मदन बोहोरा लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.