
‘
दमक ,१८ जेठ । राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर बुधबार दमकमा आयोजित अन्तरक्रियाका बक्ताहरुले संविधानमा महिलाका अधिकार प्रशस्त भएपनि कार्यान्वयन नहुदाँ महिलामाथि ंिहसा बढ्दै गएको औल्याएका छन् ।
‘संविधानमा महिलाको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले संविधानले महिला अधिकारको ग्यारेन्टी गरेको भएपनि ब्यवहारिक कार्यान्वयनकालागि सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा सहजिकरण गर्दै अधिवक्ता चन्द्रा श्रेष्ठले संविधानले निदृष्ट गरेका महिला अधिकारहरुपनि ब्यावहारत कार्यान्वयन गर्न नसक्दा थप समस्या भएको बताइन् । कार्यक्रममा महिला ससक्तिकरण केन्द्रकी अध्यक्ष भूमिका कोइराला, राष्ट्रिय महिला अधिकार मञ्च केन्द्रिय सदस्य मन्धरा पौडेल, नारी विकास संघकी अध्यक्ष रीता थापा, नारी एकता न्यायिक मञ्चकी अध्यक्ष दुर्गा काफ्ले लगायतले सचेत महिलाहरुले पनि सहज अधिकारको प्रत्याभूति गर्न नसकिरहेको अवस्थामा निम्न वर्गका महिलाहरुको अवस्था अझ कठीन रहेको औल्याएकी थिइन ।
कार्यक्रमको अध्यक्षसमेत रहेकी दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले उठेका विषयहरुको जवाफ दिँदै आगामी दिनहरुमा महिलाका समस्या प्राथमिकतामा राखेर समाधान गर्न दमक नगरपालिका प्रतिबद्ध रहने बताइन् । महिला अधिकारकालागि सबै पक्षसँग हातेमालो गरेर अघि बढ्न आफूहरु तयार रहेको उनले बताइन् ।