
झापा ,१८ जेठ। धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।धनकुटा नगरपालिका–६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका–१० संखुवासभा घर भई धनकुटा नगरपालिका–६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यस्तै मोरङको बिराटनगर –१० मा को ३९ प ७८९५ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ८५ बर्षीय मुसा यादवलाई ठक्कर दिँदा घाईते भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।