
दमक,५ जेठ । नेकपा एमालेको गृहनगर दमकमा राप्रपाले वडाध्यक्षमा खाता खोलेको छ । बुधबार दिउँँसो सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार दमक -७ को वडाध्यक्षमा फेरि पनि राप्रपाका भिम पौडेल बिजयी भएका छन् ।
निबर्तमान अध्यक्ष समेत रहेका उनले एमालेका उम्मेद्बार राधाकृष्ण आचार्यलाई भारी मतले हराउदै बिजयी भएका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका पौडेलको यो ‘हयाट्रिक’ हो ।
पौडेलले १८२६ मत ल्याएर विजयी भएका छन् भने एमालेका आचार्यले १०९१ मत प्राप्त गरेका छन् । संभवत दमकमा वडाध्यक्षमा लगातार ‘हयाट्रिक’ गर्ने पहिलो जनप्रतिनिधि भएको बताईएको छ । उनी राप्रपाका क्षेत्र न. ५का क्षेत्रीय अध्यक्ष समेत हुन् ।
दमक ७ को गणना सकिएसंगै नगर प्रमुखमा गठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा र कांग्रेसबाट उपमेयरका उम्मेदवार रेगिना भटराई प्रसाईले अग्रता बढाएका छन् ।